अध्यक्ष ढकालले भने- बजेट स्वागतयोग्य

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए ।
महासङ्घले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप आयोग बन्ने र बजेटले सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य रहेको उनले बताए ।
'महासङ्घले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटन प्रवर्द्धन, वैवाहिक पर्यटन विकास गर्ने विषय आएका छन् र सूचना प्रविधि र नवप्रवर्द्धन बचत गाउँमा केही सहुलियत र विस्तारका योजना छन्,' उनले भने, 'महासङ्घको माग अनुसार नै निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।'
बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासङ्घले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने उनको भनाइ छ ।

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया