कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्डले गरे आत्महत्या

काठमाडौँ- कान्तिपुर पब्लिकेशनको सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । पब्लिकेशनको कोशी प्रदेशको मोरङमा रहेको कार्यालयमा सुरक्षा गार्ड रहेका सुन्दरहरैचा ९ का ५० वर्षीया बलबहादुर बस्नेत मृत अवस्थामा फेला परेका हुन् ।
मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले कान्तिपुरको पब्लिकेशनको बन्द रहेको कार्यालयमा खटिएका सुरक्षाकर्मीले आत्महत्या गरेको इकागज जानकारी दिए ।
उनका अनुसार साथी आएपछि सुरक्षा गार्डको मृत्यु भएको थाहा पाएको हो । साथीले ढोका खोलेनन् र उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका थिए ।
‘सुरक्षागार्डको अर्को साथी आएपछि थाहा भएको हो,’ उनले भने,’ प्रहरीलाई भने ११-१२ बजेतिर खबर आएको हो ।‘

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

देशभर मनसुन सक्रिय

प्रतिक्रिया