नुवाकोटमा दाजुभाइबीच जग्गा विवाद हुँदा खुकुरी प्रहार, वृद्धको मृत्यु

काठमाडौँ- नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा एक ७२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ ।
सोमबार साँझ साढे सात बजे खमसिङ तामाङ आफ्नै घर अगाडि मृत अवस्थामा फेला परेका थिए । प्रहरीले उनको खुकुरी प्रहारबाट हत्या भएको पुष्टि गरेको छ ।
घटनाको आशंकामा प्रहरीले सिंहबहादुर तामाङलाई खुकुरीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार सूचना प्राप्त हुनासाथ प्रहरी चौकी मैलुङ र जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलमा खटाइएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा दाजुभाइबीचको जग्गा विवाद हत्या हुनसक्ने प्रमुख कारण रहेको बताइएको छ । यस घटनाले गाउँमा त्रास फैलिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया