विश्वकप वार्मअपः श्रीलंका र अफगानिस्तानको जित

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअघिको 'वार्मअप' खेलमा श्रीलंका र अफगानिस्तानले जित हात पारेका छन् ।
शुक्रबार राति सम्पन्न खेलमा श्रीलंकाले आयरल्यान्डलाई ४१ रनले पराजित गर्दा अफगानिस्तानले भने स्कटल्यान्डलाई ५५ रनले पाखा लगायो ।
अमेरिकामा भएको खेलमा श्रीलंकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय २२ रनमात्र जोड्न सक्यो ।
आयरल्यान्डका लागि कर्टिस क्याम्फरले २६ रन तथा कप्तान पल स्टिरलिङले २१ रन जोडे । श्रीलंकाका लागि दासुन शनकाले सर्वाधिक ४ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन जोड्यो । श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले सर्वाधिक ३२ रन बनाए ।
आयरल्यान्डका लागि जोश लिटल र बेरी म्याककार्थीले २-२ विकेट हात पारे ।
वेस्ट इन्डिजमा भएको खेलमा अफगानिस्तानले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्यो ।
स्कटल्यान्डका लागि मार्क वाट्टले सर्वाधिक ३४ रन बनाए । अफगानिस्तानका लागि करिम जनत र मुजिब उर रहमानले समान २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन जोड्यो । अफगानिस्तानका लागि गुल्बादिन नइबले ६९ रन तथा अजमातुल्लाह ओमारजाईले ४८ रन बनाए ।
स्कटल्यान्डका लागि क्रिस सोलले ३ तथा बार्डली कुरीले २ विकेट हात पारे ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया