क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई गोप्यरुपमा एक साता अगाडि नै क्यानडा पठाएका थियौं

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउनेक्रममा एक साता अगाडि नै क्यानडा पठाएको खुलासा गरेका छन् ।
नेपाल ट्युब अस्ट्रेलियाले युट्युबमा सार्वजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरुपमा क्यानडा पठाएको बताएका हुन् । अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दाबी गर्दै उनलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताएका छन् ।
चन्दले भनेका छन्, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षकले भित्री रूपमा सहयोग गर्नुभयो । विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्याएका हौँ । यसमा हामी सफल भएका छौँ ।'
अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्याउन सन्दीपको ठुलो योगदान रहेकाले उनले विश्वकप खेल्न हकदार रहेको बताए । त्यसैले नै अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन क्यानले प्रयास गरेको र यसमा क्यान सफल भएको बताएका छन् ।

आरआरए क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरू हुँदै,१५ छात्र टिमको सहभागिता रहने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Rh2ZHCOLS0_2wiqfbmwtvltshbsnwy3u8e2sso1seh49i40zd4mato6yip69gyg0jqeslv8.jpeg)
प्रतिक्रिया