वीरगन्जका विद्यालयमा फेरि तीन दिन बिदा

वीरगन्ज - अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि बिदा दिएको छ ।
बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहने निर्णय गरेको हो । यसअघि महानगरपालिकाले जेठ १६ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो ।
बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले सूचना जारी गर्दै हाल गर्मी बढिरहेको र अबका केही दिन अझ गर्मी बढ्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयमा जेठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाएका छन् ।

काठमाडौँ जिल्ला प्यापब्सनद्वारा २०८१ का उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५’ सम्पन्न

नेपालको पहिलो ‘म्याथ म्युसियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल
कक्षा १२ को नतिजा सार्बजनिक

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

नेसनल प्याब्सनको चिन्ताः कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्यो…

प्रतिक्रिया