अमेरिका–युक्रेन सुरक्षा सम्झौता केवल ’कागजको टुक्रा’ रहेको रुसको दाबी

मस्को - रुसी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार जी–७ शिखर सम्मेलनमा घोषणा गरिएको अमेरिका–युक्रेन सुरक्षा सम्झौतालाई ’केवल कागजको टुक्रा’ रहेको बताएका छन् ।
“यी सम्झौताहरूको कानुनी कार्यान्वयन छैन र यो केवल एक कागजको टुक्रा मात्र हो“, रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताए ।
युक्रेनले बिहीबार अमेरिका र जापानसँग सुरक्षा सम्झौताहरूमा हस्ताक्षर गरेको थियो जुन बेलायत र फ्रान्सलगायत यसका पश्चिमी सहयोगीहरूसँग गरिएको सम्झौताको पछिल्लो श्रृङ्खला हो ।
सम्झौतामा रुसी सैन्य आक्रमण विरुद्ध युक्रेनलाई लामो समयसम्म सैन्य र आर्थिक सहयोग जारी राख्ने प्रतिवद्धता समावेश रहेको छ ।
जाखारोभाका अनुसार सम्झौताको मुख्य उद्देश्य “युक्रेनमा रहेका नागरिकहरूलाई विश्व समुदाय अझै पनि उनीहरूको साथमा छ भन्ने देखाउनु मात्र हो। वास्तवमा, यी सबै देश युक्रेनको भविष्यका लागि कानुनी जिम्मेवारीबाट टाढा रहन्छन्“, उनले बताए ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनसँग हस्ताक्षर गरिएको १० वर्षे सम्झौता आफ्नो देशका लागि नेटो सदस्यता प्राप्त गर्ने पुल भएको बिहीबार बताए ।

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया