आजदेखि पशुपतिनाथ मन्दिरका चार वटै ढोका खुला

काठमाडौँ- पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् ।
पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चार वटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।”
चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ ।
अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९:३० बजेदेखि ११:३० सम्म खुला गरिँदै आएको थियो ।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

स्यालले टोक्दा तीनजना घाइते
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_csqCvKW43M_eggwkt1d61ulreuqi9mbqe20bxq5o22niusyb4suyltl6dzwbsopjoitajiq_JLNidIBY1H_xmbzcwrqzgs5lnofecpfihbxotsx9hdlvahdlixyjnrgr7f3rkjshfxqalmh.jpg)
प्रतिक्रिया