गोले आत्महत्या प्रकरण : शौचालयमा भेटियो मोबाइल, फोन गर्दागर्दै कसैलाई गोली हानेर देखाएको हुनसक्ने प्रहरीको अनुमान

काठमाडौँ- संसद् भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन् । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनको ड्युटीमा खटिएका दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका प्रहरी जवान २२ वर्षीय गोलेले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । आज विहान सवा ८ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।
गोलेको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको बानेश्वर प्रहरी वृत्तका डिएसपी शिवराज बुढाथोकीले बताएका छन् । शौचालयमा पुगेर फोनबाट कोहीसँग कुरा गरिरहेको हुन सक्ने प्रहरीको अनुमान रहेको उनले बताए ।
अनुसन्धानमा खटिएका डिएसपी बुढाथोकीले इकागजसँग भने 'शौचालयमा एउटा मोबाइल भेटिएको छ । ठड्याएको अवस्थामा मोबाइल भेटिएकाले मोबाइलबाट कसैलाई गोली हानेको देखाउँदै र फोन गर्दागर्दै हो कि भन्ने जस्तो छ । ती सबै कुराहरू हाम्रो अनुसन्धानमा छ ।'
मोबाइल फरेन्सिक ल्याबमा पठाइसकेको उनले जानकारी दिए । त्यहाँबाट आएपछि मात्र डिटेल थाहा हुने उनको भनाइ छ । पारिवारिक त्यस्तो कुनै घटना वा कारण केही नखुलेको उनले उल्लेख गरे ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया