ट्रेड सेन्टरका व्यापारिक सटर मिलाइदिने भन्दै १३ करोड ठगी, ६ जना सञ्चालक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलंकी ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

प्रतिक्रिया