लमजुङमा पहिरोले तीन घर पुरिँदा चार जना बेपत्ता

लमजुङ- लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।
लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।
पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिनुभयो ।
अहिले प्रहरी टोली घटनास्थलमा उद्धारका लागि जाँदै छ ।

४ रोपनीमा स्याउ खेती गरिरहेका वडाध्यक्ष रोका

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्ने परियार

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असहज बन्दै

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

उत्पादकत्व बढाउन नगद अनुदान

प्रतिक्रिया