राउते खाेलामा तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

भोजपुर - राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।
'राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ', उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने ।
राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए । रासस

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

तीन दिनदेखि कालीगण्डकी ‘करिडोर’ ठप्प

तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध

प्रतिक्रिया