बेँसीसहर–चामे सडक खुल्यो

लमजुङ- अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ ।
यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन । रासस

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

उत्पादकत्व बढाउन नगद अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीमा अवैध दोहन

बागलुङ र पर्वतमा साढे ९९ हेक्टरमा चक्लाबन्दी गरेर व्यवसायिक फलफूल खेती

तनहुँमा उद्योग दर्ता घट्यो

गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

प्रतिक्रिया