प्रतिनिधि सभाको सचिवमा नियुक्त अधिकारीले लिए शपथ

काठमाडौँ- प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।
संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए ।
प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो ।

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदै

अशोक राई र राजेन्द्र महतोको दलबीच कार्यगत एकता आज

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

एमाले लुम्बिनी प्रदेशद्वारा सामाजिक अराजकताविरुद्ध दृढतापूर्वक उभिन आह्वान

संसदीय समितिमा गृहमन्त्री लेखकले भने- नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी र…

सरकारले रवीन्द्रलाई पाँच लाख पुरस्कार दिने

प्रतिक्रिया