नेपालकै भरपर्दो विद्युतीय गाडी हुन्डाईको कोना किन्न अब शून्य प्रतिशत ब्याजदरमा

काठमाडौँ- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा 0% (शून्य प्रतिशत) प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले KONA मा “Zero Emission, Zero Interest” योजना ग्राहक माझ सार्वजनिक गरेको छ ।
दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरूले 0% ब्याजदरमा पाँच वर्षको लागि ५०% डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् ।
आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमन्स र विश्वसनीयताका साथ हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाई KONA २ वटा भेरियन्टमा उपलब्ध छ । कोना GL को मूल्य रु. ५९,९६,००० र GLS भेरियन्टको मूल्य रु. ६४,९६,००० रहेको छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइ भोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।
नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको High Voltage Battery Check-up camp मा ५०० भन्दा बढी विद्युतीय सवारीसाधन मा परीक्षणको नतिजाअनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ( SOC) ९८ प्रतिशतभन्दा बढी पाइएको थियो ।
विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि- सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ । विश्वसनीयताप्रतिको प्रतिबद्धता हुण्डाईको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदाहरण हो जसले यो कुरालाई परिभाषित गर्दछ । यिनै कारणहरूले हुन्डाई कोनाले नेपाली अटो बजारमा आफ्नो साखलाई अझै मजबुत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल रहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४+ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अन…

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

टीभीएस मोटर र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनाए

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न, प्रिन्स पटेल विजयी

होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन हुने

प्रतिक्रिया