मनाङमा हेलिकप्टरबाट पुर्याइयो कोभिडविरुद्धको खोप

मनाङ : मनाङमा कोभिड भाइरसविरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढी पहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो । खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताए ।
बाढी पहिरोमा परेपछि नासोका नागरिक कोभिड भाइरसविरुद्धको खोप लगाउनबाट बञ्चित भएका छन् । खोप लगाउने भनिएको दिन नै अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढी पहिरोले नासो क्षेत्र डुबानमा परेको हो । मनाङमा ६ हजार नागरिकलाई पहिलो र दोस्रो चरणमा एक हजार नौ सयले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएका छ । अझै तीन हजार तीन सय जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य प्रमुख आचार्यले बताए ।
जिल्लाको चामे गाउँपालिकामा दोस्रो चरणको खोप पनि लगाइसकिएको छ । सोमबार नार र फू गाउँमा ७० डोज भेरोसिल र २५ डोज कोभिशिल्ड खोप हेलिकप्टरमार्फत लगिएको स्वास्थ्य प्रमुख आचार्यको भनाइ छ । नार्पाभूमिमा पहिलो चरणमा १ सय ५० डोज खोप लगाइएको थियो । दोस्रो चरणमा १ सय ९० जनालाई खोप लगाइने छ । यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले काम अगाडि बढाएको छ ।
बाढीपहिरो गएपछि जिल्लामा शुद्ध खानेपानीको अभाव देखिएको छ । बाढी पहिरोले ठाउँ-ठाउँमा खानेपानीको पाइपहरू बगाएको छ । त्यस कारणले पनि अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य भएको स्वास्थ्य प्रमुख आचार्यले बताए । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरिएको छ । रासस

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया