मुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ ।
रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल गरिरहेको छ ।
असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्ताबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।
आफूलाई निलम्बन गरेपछि ढकालले भने आफूलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।

रवि लामिछाने प्रकरण : रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपाको सचिवालय बैठक बस्दै

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

प्रतिक्रिया