पोखराको दिपाङ्ग तालमा फसेका चार जनाको उद्धार, एक जना मृत फेला

पोखरा - कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई असार २६ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए । सो घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिँदा निजको छोरा २२ बर्षीय भिम बहादुर थापा बेपत्ता भएका थिए । उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं. २४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा बिहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया