उदयपुरमा बर्षाले डुबानमा, उद्धार कार्य जारी

उदयपुर - अविरल वर्षाको कारण उदयपुर जिल्लाको विभिन्न ठाउँमा डुबानमा परेका तथा डुबानमा पर्ने सम्भावित ठाउँहरूमा उद्धार कार्य जारी रहेको छ ।
सोही जिल्लाको बेलका नगरपालिका–१ भालमन्ती भौडाहास्थित त्रियुगा नदी र भालमन्ती खोलामा पानीको बहाव बढी बस्ती पस्दा डुबानमा परेकाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुबानमा परेकाहरूको सकुशल उद्धार गरेको हो ।
त्यसैगरी बेलका नगरपालिका–२ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदीमा पानीको बहाव बढी बस्तीमा पस्दा डुबानमा परेका करिब २ सय ५० घरपरिवारलाई सो गण तथा नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको हो ।
त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित उद्धार खोलामा आएको बाढीले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय बासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया