रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ- मुकुल ढकाल

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् ।
आफूले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् ।
उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोप समेत लगाए । उनले रवि लामिछानेको क्लबबाट मुक्त गराउने बताए ।
ढकालले आफूलाई प्रचलित कानुन विपरीत कारवाही गरिएको बताउँदै राजनीतिक दलसम्बन्धी ऐन अनुसार स्पष्टीकरणको म्याद नै नसकिएको समयमा आफूलाई निलम्बनको पत्र थमाइएको जिकिर गरेका छन् ।
उनले स्पष्टीकरणको मौका नदिएर कारवाही गर्न पाइँदैन भन्दै निलम्बनको प्रक्रिया नमिलेको र आफू अहिलेपनि पार्टीको महामन्त्री रहेको जिकिर गरेका छन् ।
आफूलाई उपसभापतिले निलम्बनको पत्र दिएको भन्दै त्यो नियम सम्मत नरहेको बताए ।

रवि लामिछाने प्रकरण : रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपाको सचिवालय बैठक बस्दै

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा

बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

राप्रपाको नेतृत्वमा आज बल्खुमा राजावादीको पुनः प्रदर्शन

रवि लामिछाने भैरहवा कारागार चलान

भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा हुने

प्रतिक्रिया