पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

काठमाडौँ - सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ ।
सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।
'आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ', विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

एसएसपी अधिकारी पशुपतिनाथ सफाइ अभियानमा सहभागी

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

प्रतिक्रिया