त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

काठमाडौँ- पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरे पनि फेला पर्न सकेको छैन ।
प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए । त्रिशुलीमा खसेका बसमा विरगंजबाट काठमाडौँ आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।
विरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।
अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

प्रतिक्रिया