ललितपुर महानगरले ७५ वर्ष माथिकालाई बुधबार कोभिसिल्डको दोस्रो डोज दिने

काठमाडौँ : ललितपुर महानगरपालिकाले ७५ वर्ष उमेर समूह माथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाउने भएको छ । असार ९ गते बिहान १० बजेदेखि बिहान ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
वडा कार्यालयबाट सिफारिस भएका मानिसलाई मात्र खोप उपलब्ध गराइने उनले जानकारी दिए । खोप प्राप्त गर्नेले वडा कार्यालयबाट सिफारिस लिएर जानुपर्नेछ । खोप लगाउन आउनेले पहिलो डोज लगाएको कार्ड र उमेर खुल्ने परिचय पत्र पनि लानुपर्नेछ ।
महानगरले २५ नागरिकलाई कोभिसिल्डको दोस्रो डोजको खोप लगाउने भएको हो । महानगरपालिका भित्रका ७७ वर्ष भन्दा माथिका २२२० र जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकहरू समेत गरी जम्मा २५ सय मानिसलाई खोप लगायइने महानगरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार महानगरले ७५ वर्ष उमेर समूह माथिका कोभिसिल्डको पहिलो डोज खोप लगाएका मानिसहरूको लागत संकलन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरबाट पटक-पटक गरी प्राप्त खोपको संख्या एकदम न्युन रहेकाले सिमित संख्याका मानिसलाई लगाइने अर्यालले बताए ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया