बेपत्ता बस र यात्रुहरूको खोजी कार्य जारी, सोनार डिभाइस प्रविधिको प्रयोग

काठमाडौँ- चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बस र यात्रुहरूको खोजी कार्य जारी राखिएको छ ।
खोजी कार्यलाई थप प्रभावकारी बनाउनका लागि उच्चस्तरको सोनार डिभाइस प्रविधि प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकबाट कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजी कार्य गरिएको हो । उक्त प्रविधि २०० मिटर गहिराइसम्मको जुनसुकै वस्तु पनि पत्ता लगाउने खालको रहेको सशस्त्रले जनाएको छ । बसका यात्रु मध्ये केहीको शव दुर्घटना स्थलभन्दा निकै पर भेटिएको छ । भेटिएका शवहरूको आफन्तहरूलाई देखाउँदै सनाखत गरिएको छ ।
असार २८ गते बिहानको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस पहिरोसंगै त्रिशूली नदीमा खसेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

प्रतिक्रिया