गाउँमा मलामी जाने मानिस नहुँदा वडाले घाटमा गर्यो दाउराको व्यवस्था

काठमाडौँ- गाउँघरमा मलामी जाने मानिस नभएको भन्दै काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका १ ले शव दाहसंस्कार गर्न निःशुल्क दाउराको व्यवस्थापन गरेको छ । दोलालघाट सापिङको सिम्ले बेसिघाट र चेहेरे बेसिघाटमा शव दाहसंस्कार गर्न निःशुल्क दाउराको व्यवस्था गरेको हो ।
हिजोआज गाउँघरमा मलामी जाने मानिस नभएको र मलामीलाई घाटमा पुग्दा दाउरा व्यवस्थापन गर्न गाह्रो भएकाले वडाले निःशुल्क दाउरा उपलब्ध गराउने गरेको अध्यक्ष लेखनाथ श्रेष्ठले बताए । उनका अनुसार दाउराको व्यवस्थापन निरन्तर चलिरहने छ । आफ्नो कार्यकाल भरि शव दाहका लागि निःशुल्क दाउरा उपलब्ध हुन्छ ।
उनले वडाले दाउरा व्यवस्थापनका लागि एक लाख बजेट छुट्टयाएको जानकारी दिए । दाउरा खोज्नका लागि दुई जना मानिसको व्यवस्थापन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘यो वर्षभरिलाई पुग्ने दाउरा भेला पारिएको छ,’ अध्यक्ष श्रेष्ठले भने,’भैपरी आउने खर्चबाट पनि व्यवस्थापन गरिन्छ । सामुदायिक वनसँग समन्वय गरेर दाउराको जोहो गरिएको छ ।‘
घाटमा दाउरा व्यवस्थापनमा गरेर राखिएको उनले बताए । १५ देखि २० वटा शव जलाउने गरी दाउरा संकलन गरिएको उनले प्रस्ट पारे । दाउरा चोरी हुन्छ भनेर ठाउँ-ठाउँमा मानिसहरू राखिएको उनले जानकारी दिए ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

प्रतिक्रिया