रौतहटमा करेन्ट लागेर युवकको मृत्यु

रौतहट- रौतहटमा अरूको खेत हुँदै लागिएको विद्युतीय तार काल साबित भएको छ, आफ्नै खेतमा काम गरिरहेको बेला करेन्ट लागेर सोमबार दिउँसो एक जना युवकको मृत्यु भएको छ ।
स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाहीटोलका कुती हजराका छोरा वर्ष ४५ को चुनिलाल पासवानको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको खेत हुँदै छिमेकी रामदरेश राय यादवले जडान गरी लगेको मोटरको तारबाट करेन्ट लागि दिउँसो १ बजेर २० मिनेटमा घाइते भएका थिए । लगत्तै सुरक्षा बेश देवाहीबाट इन्स्पेक्टर उत्तमकुमार श्रेष्ठको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट इन्स्पेक्टर कुशराम कार्कीको कमाण्डमा ४ जनाको टोली खटिएर घाइते पासवानलाई तत्काल उपचारका लागि शिवनगरस्थित ग्राण्डी अस्पतालमा लगेकोमा आधा घण्टा पश्चात दिउँसो १ बजेर ५० मिनेटमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातिले पासवानको खेत हुँदै मोटरको तार लगेका रामदरेश राय यादव हाल फरार रहेकाले उनको खोजी भइरहेको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

प्रतिक्रिया