नेइएको ६२ औं इन्जिनियरिङ दिवस प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ- नेपाल इन्जिनियर्स एसोसियसन (नेइए) ले बिहीबार ६२ औं स्थापना दिवस मनाउने भएको छ । नेइएले आज पत्रकार सम्मेलन गरी यस वर्षको स्थापना दिवस सामाजिक उत्तरदायित्वका लागि मर्यादित इन्जिनियरिङ पेसा भन्ने मुल नाराका साथ मनाउन लागेको जानकारी गराएको हो । काठमाडौँको प्रज्ञा भवनमा बिहीबार हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।
प्रधानमन्त्री प्रमुख अतिथि रहने सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का सहभागी हुने नेइएका महासचिव रविभूषण झाले जानकारी दिए ।
मुलुकको समग्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका इञ्जिनियरहरूको योगदानलाई समाजमा उजागर गर्ने उद्देश्यका साथ यस वर्ष उपत्यकाभित्र काठमाडौँको प्रज्ञा प्रतिष्ठान र बाहिर प्रदेश राजधानीमा रहेको एसोसियसनको प्रादेशिक तथा स्थानीय कार्यालयहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगर र स्थानीय केन्द्र वीरगञ्ज, हेटौंडा, भरतपुर, दाङ, नेपालगञ्जमा समेत विधि कार्यक्रम गरी मनाउने तय गरिएको अध्यक्ष हरि दर्लामीले बताए ।
त्यस्तै कार्यक्रममा समाज र राष्ट्रका लागि उत्कृष्ट योगदान गर्ने इन्जिनियर,आर्किटेक्ट तथा संस्थालाई ७ वटा विधामा सम्मान पनि गरिँदै छ ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

प्रतिक्रिया