उपचार गर्न पुगेका बिरामीको झ्यालबाट खसेर मृत्यु

काठमाडौँ- भरतपुर पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका एक बिरामीको तेस्रो तलाको झ्यालबाट खसेर एक मृत्यु भएको छ। बिहीबार करिब ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवलपरासी जिल्लाको हुप्सीकोट गाउँपालिका-२, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।
मृतक मगर पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न पुगेका थिए । उनका अनुसार दृष्टि विहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको छ ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

प्रतिक्रिया