शनिबार ३१ साउन, २०८२
Saturday, August 16, 2025

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ - काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । 

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

९२ बर्षीय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथ रोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।