रौतहटमा सालको गोलिया काठसहित सफारी गाडी बरामद

रौतहट- सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगरक्षेत्रमा अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा सव डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज बिहान गुजरा ४ लालबकैया नदी किनार बाट उक्त काठसहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाडीमा जंगलबाट अवैध रूपमा लुकाइ छिपाइ ल्याइएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् । बरामद काठ र गाडीसहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
इलाममा १४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

प्रतिक्रिया