वैदेशिक रोजगारीको प्रलोभनमा ठगी: चन्दन कुमार जैसवाल पक्राउ

काठमाडौँ - २०७८ सालको शुक्रबार वैदेशिक रोजगारको अवसरमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपाका २७ वर्षीय चन्दन कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको छ।
जैसवालले आकर्षक तलबको प्रलोभनमा पार्दै ४ जना पीडितहरूबाट कुल ५ लाख ८४ हजार रुपैयाँ ठगी गरेका थिए। उनले रकम लिएपछि सम्पर्कमा नआएकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो।
जैसवाललाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

प्रतिक्रिया