१० लाख २० हजार रुपैयाँ सहित दुई जना पक्राउ

काठमाडौँ - बाराको विश्रामपुर गाउँपालिका-१ घोडासाहन नाकाबाट स्रोत नखुलेको नगद १० लाख २० हजार रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका व्यक्तिहरू फेटा गाउँपालिका-६ पुरैनिया निवासी ४१ वर्षीय सैदुल्ला मिया ठकुराई र २२ वर्षीय बागर अन्सारी हुन्।
इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३६ प ४५६३ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त रकम सहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान सुरु गरेको छ।

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

प्रतिक्रिया