बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका जैसवाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।