सेलाङकट्टीमा खानेपानी समस्या हट्यो

सिन्धुपाल्चोक- गतसाता आएको बाढी पहिरोबाट खानेपानीको समस्यामा परेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका- ४ सेलाङकट्टीका स्थानीयम मंगलवारबाट खानेपानीको समस्या हटेको छ ।
कमजोर भौगोलिक अवस्था रहेको भोटेकोशी गाउँपालिका-४ सेलाङकट्टीका स्थानीयले बाढी पहिरोको कारण एक सातादेखि खानेपानीको समस्या झेल्दै आएका थिए । गाउँपालिकाले पाइप उपलब्ध गराएर मुहानबाट पानी ल्याउन लागि परेपछि सेलाङकट्टीका एक सय घर परिवारले खानेपानीको सुविधा पाएका छन् ।
बाढी पहिरोले मुहान आसपास र खानेपानी ल्याइरहेको पाइप बगाएपछि यहाँका स्थानीय एक सातादेखि खानेपानीको समस्या परेका हुन् । एक सय घरपरिवार रहेको सेलाङकट्टीका स्थानीयलाई एकै मुहानबाट खानेपानी ल्याइएको थियो । किस्सा भन्ने ठाउँबाट ल्याएको पानीको मुहानमा बाढी पहिरो लागेपछि उनीहरू समस्या परेका हुन् । बाढी, पहिरोले बिजोग बनाएको छ, खानेपानी अभाव हुँदा गाउँ बस्तीमा समस्या आइपरेको स्थानीय आङछिरिङ शेर्पाले बताए ।
पानी नहुँदा समस्या भयो अहिले गाउँपालिका अध्यक्षलगायतको टिमले खानेपानी ल्याउन सहयोग गरेपछि पानी बस्तीमा आएको शेर्पाले बताए । वर्षा याम सुरु भएसँगै सिन्धुपाल्चोकमा बाढी पहिरोले सताउने गरेको छ । कतिपय ठाउँमा बस्ती जोखिम छ भने कतिपय ठाँउहरूमा बाढी क्षति पुर्याएको छ । खानेपानीको समस्या भएपछि पैदल यात्रा गरेर भएपनि गाउँपालिकाले एक सातादेखि खानेपानीको समस्यामा परेका सेलाङकट्टीका स्थानीयलाई पानी खुवाएको छ ।
पालिकाबाट पुग्ने र हुने सहयोगले पानी ल्याउनको लागि पाइप बिछ्याउन सहयोग गरेका छौं, अहिले सेलाङकट्टीका एक सय परिवारले आजबाट खानेपानीको समस्या झेल्नु नपर्ने भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्पु शेर्पाले बताए । हामीले पालिकाबाट विपद्को लागि छुट्याएको बजेटबाट झण्डै एक हजार मिटर पाइप सहयोग गरेर त्यहाका स्थानीयलाई खानेपानीको समस्याबाट मुक्त गरेको उनले बताए ।
गत साता सोही स्थानमा ३ घर पहिरोको जोखिममा परेका छन्, उनीहरूलाई गाउँपालिकाले तत्कालको समस्या साधन गर्नको लागि ३ थान टेण्ट दिएको छ । सेलाङकट्टीमा गएको पहिरो न्यूनीकरण गर्न पालिकाले चर्केको स्थानीयमा प्लास्टिक तथा त्रिपालले पानी छिर्न नदिने उद्देश्यले जमिनमा त्रिपाल तथा प्लास्टिकले छोपेको छ ।

पौडी पोखरीमा डुबेर महतोको मृत्यु, सँगै गएका ८ साथी पक्राउ

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया