सौर्य एयरको विमान दुर्घटना : मृतकका परिवारले बीमा वापत कति पाउँछन् ?

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा जना १८ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान काठमाडौँबाट पोखराको उडानमा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरण प्रवक्ता हंशराज पाण्डेले इकागजलाई जानकारी दिए ।
एक जना विदेशी सहित १८ जना यात्रुको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मृत्युको नामावाली सार्वजनिक गरेको छ ।
मृतकका आफन्तले बीमा बापत २० हजार अमेरिकी डलर पाउने प्राधिकरणले जनाएको छ । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने व्यवस्था । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावाप भुक्तानी गर्नेछ ।
त्यसैगरी चालकदलका सदस्यहरूले बीमा बापत प्रतिव्यक्ति ४० हजार अमेरिकी डलर पाउने व्यवस्था छ । नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर छ ।
इलाममा १४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

प्रतिक्रिया