प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौँ : प्रतिनिधि सभा पुन:स्थापना माग गर्दै परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भएको छ । आज चार जना कानुन व्यवसायीले बहस गर्दैछन् । गोविन्द बन्दी महादेव यादव खम्बबहादुर खातीलगायत कानुन व्यवसायीले चार घण्टा बहस गर्नेछन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित १४६ जना सांसदले दिएको रिटमा सबैभन्दा पहिला सुनुवाइ भएको छ । सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन् । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए ।

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा बुझायो प्रतिवेदन

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

प्रधानमन्त्रीसँग 'लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

करोडौं पैसा उठाउन उपसभामुख हटाउने तयारी हुँदैछ : सांसद सिंह

प्रतिक्रिया