बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी- रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए । 'लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ', आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने ।
स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।

‘सङ्कटमा कुसुन्डा परिवार, सरकारसँग संरक्षणको आस’

उत्पादकत्व बढाउन नगद अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीमा अवैध दोहन

बागलुङ र पर्वतमा साढे ९९ हेक्टरमा चक्लाबन्दी गरेर व्यवसायिक फलफूल खेती

तनहुँमा उद्योग दर्ता घट्यो

गाउँपालिका अध्यक्ष संरक्षक बनेर नागरिकता प्रदान

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

प्रतिक्रिया