'राष्ट्रपतिले अधिकार प्रयोग गर्ने होइन,कर्तव्य निभाउने हो'

काठमाडौँ : वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपतिलाई दाबी पुगेन भन्ने अधिकार नभएको जिकिर गरका छन् । प्रतिनिध सभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता यादवले राष्ट्रपतिले अधिकार प्रयोग गर्ने नभइ कर्तव्य निभाउने मात्रै भएको जिकिर गरे । 'राष्ट्रपतिले अधिकार प्रयोग गर्ने होइन । कर्तव्य निभाउने हो,' उनले भने, 'यसलाई बनाउने उसलाई बनाउने भन्ने होइन । गर्ने भने पछि गर्ने हो । दाबी पुगेन भन्न मिल्दैन । यो अधिकार छैन । धारा ९९ को अधिकार उहाँलाई होइन । संसदको अधिकार हो ।'
उनले संविधानको धारा ७६(५) अनुसार दलको समर्थनमा नभइ व्यक्तिको समर्थनमा सरकार बन्ने दाबी गरे ।
उनको दाबीपछि प्रधानन्यायाधीश चोलेन्द्रबमशेर जबराले प्रश्न गरे, 'यसको विषयमा संविधानसभामा कुनै छलफल भएको म्यान्डेट छैन?' जवाफमा वरिष्ठ अधिवक्ता यादवले भने, 'यसबारे जानकारी छैन । तर उपधारा ५ मा ७६ (२) को भनेको दल होइन । दलीय भनेको होइन । प्रतिनिधिसभा सदस्य नै हो ।'

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया