सौर्य एयरलाइन्स विमान दुर्घटना : परिवारले बुझे पाँच शव

काठमाडौँ- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् ।
शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकार, राजाराम आचार्य र को-पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।
केही मृतकका आफन्तहरूले भने बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान राखेका छन् ।
बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरूको शव पहिचान गरेर पोष्टमार्टम गरिसकेको छ । प्रत्येक परिवारको ३/३ जनालाई बोलाएर शव हेर्न दिएर पठाउने गरेको अस्पतालले जनाएको छ ।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

प्रतिक्रिया