कास्कीमा विपद्का घटना : १४ जनाको मृत्यु, चार करोड बढीको क्षति

कास्की- यस वर्षको मनसुन सुरु भएपछि पहिरोमा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढीपहिरोका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विपदमा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुई जनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरोमा परी स्थानीय कुलबहादुर परियारको परिवारका ६ सहित सात जनाको ज्यान गएको थियो ।
पहिरोमा परेर कुलबहादुरसहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो ।
यसैगरी सोही रात पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह्रविसेमा ४० वर्षीया आरती ओझोको घर पहिरोमा पुरिँदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको थियो । यसैगरी असार २७ गते राति मादी गाउँपालिका–११ ताप्लेमा गएको पहिरोमा परेर ८० वर्षीया माइतीकुमारी गुरुङको ज्यान गएको थियो ।
गत असार २६ गते पोखरा महानगरपालिका–२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरोमा परेर निधन भएको थियो । गत असार १२ गते रातिको घटनामा कास्कीको मादी गाउँपालिका–५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो । सोही दिनको घटनामा पोखरा महानगरपालिका–२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरोमा परेर ज्यान गएको थियो । यसैगरी अविरल वर्षाका कारण दुईजना घाइते भएका छन् ।
प्रहरीका अनुसार पहिरोका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ । पहिरोका कारण एउटा चौपाया मरेका र चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । यस्तै वर्षाका कारण पाँचवटा चौपायाको मरेका, दुईवटा घाइते तथा एक हजार नौ सय २० वटा पक्षी मरेका पनि शर्माले जानकारी दिए । विपदबाट जिल्लामा अन्दाजी रु चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको छ ।

आयोगद्वारा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’अभियान

कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

आज नेपाल हाउसमा भोजन लिपि स्वादको तेस्रो संस्करण हुँदै

उत्खननको पर्खाइमा तामाखानी

मुक्तिनाथधाममा पदमार्ग निर्माण

२५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

नियमित गाँजर खानुको १० फाइदा

प्रतिक्रिया