सिमलतालमा पहिरो - चुम्बकले खोजी गर्दा पनि भेटिएन बस र यात्रु

काठमाडौँ - १५ दिन बितिसक्दा पनि नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ ।
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए ।
६५ जना सवार उक्त बसका ३ जना जिवितै रहेका छन् भने ६३ जना यात्रु हराइरहेका थिए । हालसम्म २४ जनाको शब फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ । उक्त बस र यात्रुको खोजी गर्न भारतबाट राष्ट्रिय आपत मोचन बलका १२ जना टोली आएका छन् ।
बस हराएको १५ दिन बितिसक्दा पनि बसको कुनै अत्तोपत्तो लागेको छैन । बस यात्रुको खोजी सशस्त्र प्रहरी बल र भारतका टोलीले संयुक्त रुपमा गरिरहेका छन् । भारतबाट आएका टोलीमा सोनार ३ र ४ जना गोताखोर र प्राविधिक रहेका छन् । भारतबाट आएका टोली ६ दिन सम्म सोनारले खोजी गर्दा केही फेला नपरेपछि चुम्बकको प्रयोग गरेर खोजी गर्दा पनि बस फेला पर्न नसकेको विपद् व्यवस्थापन तालिम शिक्षालयका एसपी जनक पुरीले बताए ।
उक्त बसका अझ ३८ जना यात्रु हराइरहेका छन् । ७ दिन लाई आएका भारतीय टोलीको पनि शनिबारबाट समय सकिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया