डीआईजी मनोज केसी ब्यूरोबाट हटाइए

काठमाडौँ - नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाइएको छ ।
बुधबारको गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई जिम्मेवारीबाट हटाइएको खुलेको हो । केसीको १६ जेठमा मात्रै ब्यूरोमा सरुवा भएको थियो । उनलाई ब्यूरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको गृह मन्त्रालयको उच्च स्रोतले बतायो ।
ब्यूरो इन्चार्ज रहँदा केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरेका थिए । उनको टिमले शरणार्थी प्रकरणमा फरार रहेका बेचन झालाई पक्राउ गरेको थियो ।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

प्रतिक्रिया