त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
काठमाडौँ- नारायणगढ-मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएको छ ।
बस र यात्रुको खोजीका लागि साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए । सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले संयुक्त रूपमा घटना स्थल सिमलतालदेखि केराबारी देवघाट शिवघाटसम्म खोजी गरेका थिए ।
भारतीय टोलीले ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले खोजीको क्रममा २ वटा पोइन्टमा भारतीय टोलीले शंका गरेको र अब सो स्थानहरूमा नेपालका सुरक्षाकर्मीहरूले खोजी कार्यलाई निरन्तरता दिने बताए ।
उनले हालसम्म २४ शव फेला परेकोमा १९ वटा शवको मात्र सनाखत भएको र ५ वटा शवको सनाखत हुन नसकेको जानकारी दिए । अझै ४३ जना यात्रु हराइरहेको उनले बताए । काठमाडौँबाट गौर र वीरगन्जबाट काठमाडौँ तर्फ जाँदै गरेको बस सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा हराएका थिए ।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

प्रतिक्रिया