बालाजुमा एटीएम फुटाउँँदै गर्दा रौतहटका राधेश्याम पक्राउ

काठमाडौँ- बालाजु चोकमा एटीएम फुटाउने क्रममा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंँ महानगरपालिका-१६ को बालाजुमा एटीएम फुटाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई हाल काठमाडौँ-१४ कलंकी बस्ने वर्ष १८ को राधेश्याम बैठालाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले एटीएम फुटाउन प्रयोग गरेको फलामको रडसहित पक्राउ गरेको हो ।
आइतबार (साउन १३ गते) अन्दाजी २ः४४ बजेको समयमा बालाजु चोकस्थित माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा उनी समातिएका हुन् ।
खबर प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी टोली पुगेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

प्रतिक्रिया