पाथीभरामा आठ करोड भेटी मौज्दात

फुङ्लिङ(ताप्लेजुङ)- ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो ।
पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ । समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।
गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैंक मौज्दात तथा मौज्दात रकमको ब्याजसमेत असार मसान्तसम्ममा भेटीवापत कुल रु १२ करोड ८० लाख ९९ हजार दुई सय ५१ सङ्कलन भएको छ । सङ्कलित उक्त रकममध्ये गत आवमा रु चार करोड ६७ लाख १९ हजार आठ सय ८७ खर्च भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । उनका अनुसार सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम समितिसँग मौज्दात रहेको छ ।
समितिले पछिल्लो एक वर्ष अर्थात् गत आवमा मात्र रु तीन करोड ९८ लाख ४१ हजार तीन सय १५ भेटी रकम सङ्कलन गरेको छ । गत आवमा खर्च भएको रकममध्ये सेवा करारका ज्यालादारी जनशक्तिको पारिश्रमिकमा मात्र रु ८४ लाख ९४ हजार छ सय २८ खर्च भएको छ ।
यसैगरी आन्तरिक आय/व्ययबाहेक सरकारी अनुदानतर्फ रु एक करोड ३९ लाख तीन हजार ११ आम्दानी भएको समितिले जनाएको छ । सरकारी अनुदानको बजेटबाट कार्यकारी निर्देशकको तलब सुविधामा रु छ लाख ३४ हजार दुई सय १२ खर्च भएको छ । सेवा करारका कर्मचारी पारिश्रमिक, कार्यालय व्यवस्थापन लगायतमा बजेट खर्च भएको छ भने तीर्थयात्री पदमार्ग, विश्राम स्थल निर्माण, खानेपानी, शौचालय व्यवस्थापन जस्ता भौतिक पूर्वाधारका योजनामा खर्च भएको निर्देशक हाङ्बाङले बताए ।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

प्रतिक्रिया