गण्डकीका मन्त्री दीपक मनाङेले दिए पत्रकारलाई कुट्ने धम्की
गैरजिम्मेवार र आतंकित अभिव्यक्ति दिने मन्त्रीमाथि कानुनी कारबाहीको माग

काठमाडौँ- गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङ 'दीपक मनाङे' ले नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अनलाइन खबर डटकमका गण्डकी ब्यूरो प्रमुख अमृत सुवेदीलाई ‘सार्वजनिक रूपमा कुट्नुपर्ने’ भन्दै धम्की दिएका छन् ।
महासंघ कास्की शाखाका अनुसार मन्त्री गुरुङ आफ्नै कार्यकक्षमा गञ्जी लगाएर बसेको फोटो साउन ११ गते शुक्रबार पत्रकार सुवेदीले सार्वजनिक गरिदिएका थिए । सोही निहुँमा मन्त्री गुरुङले पत्रकार सुवेदीलाई सार्वजनिक रूपमा कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएको शाखाले जनाएको छ ।
मन्त्री गुरुङले दिएको सो अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘प्रदेश सरकारको मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट यस किसिमको अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । मन्त्री गुरुङको यो गैरजिम्मेवार अभिव्यक्तिले कानुनी राज्यको उपहास हुनुका साथै पत्रकारको सुरक्षासमेत चुनौतीपूर्ण बनेको महासंघको ठहर छ ।’
महासंघले यस्ता गैरजिम्मेवार र आतंकित अभिव्यक्ति दिने मन्त्रीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरेको छ। साथै, संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिइ सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरणको प्रत्याभूति दिलाउन पनि सरकारसँग माग गरेको छ ।
महासंघले भनेको छ, 'महासंघ यस्ता गैरजिम्मेवार र आतंकित अभिव्यक्ति दिने मन्त्रीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिइ सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरणको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।'

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_DcJB0IfXw5_ujcpulkri1a01lcmckhz3dng7f9h4xutdnxwxzgdm5zgkx1w0bx4oncoiaxy.jpg)
प्रतिक्रिया