लेखनाथ दाहाल भने - राष्ट्रपति पौडेलले गैरकानुनी प्रधानमन्त्री नियुक्त गरे, सर्वोच्चले खारेज गर्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले गैरकानुनी प्रधानमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै दाहालले संविधानको धारा ७६ (२) अन्तर्गत बनेका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा सो नगरी ७६ (२) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेर गैरकानुनी काम गरेको आरोप लगाएका हुन् ।
विगतमा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त नभएपछि ७६ (३) अनुसार सरकार बनेको नजिर रहेको उनले बताए । गैरकानुनी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको र सर्वोच्चले गैरकानुनी प्रधानमन्त्री नियुक्तिलाई खारेज गरेर संविधानसंवद् प्रधानमन्त्री नियुक्त हुने उनले अपेक्षा गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया