‘रावायण’को फर्स्टलुक सार्वजनिक, कस्तो देखिए पल ?

काठमाडौं - पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ ।
तीजको सार्वजनिक बिदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा पलको जोडी अभिनेत्री पूजासँग बाँधिएको छ । पूजा यो फिल्मकी निर्मात्री समेत हुन् । प्रियंका कार्की, निकिता चण्डक (पूर्व मिस नेपाल), प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको पनि फिल्ममा अभिनय छ ।
सुशन पाठक कार्यकारी निर्माता रहेको ‘रावायण’मा सौरभ लामाको छायांकन, सुदर्शन थापाको कथा, प्रदीप श्रीवास्तवको पटकथा, शिवम अधिकारीको लेखन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । आरआर फिल्मस्ले देशभर वितरण गर्न लागेको फिल्मको टिजर यही शुक्रबार रिलिज हुनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया