जापानले भवन सरसरफाइ तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने
भाषा तथा सीप परीक्षण नोभेम्बर २७ देखि डिसेम्बर ८ भित्र हुने
काठमाडौँ- जापानमा भवन सरसरफाइ तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारको भाषा र सीप परीक्षण नोभेम्बरको २७ देखि डिसेम्बर ८ तारिकभित्र हुने भएको छ ।
जापानको (एसएसडब्लू) प्रणालीमार्फत जापान जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको जापानका टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै परीक्षाका बारेमा जानकारी गराएको हो । जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको विभागका महानिर्देशक घिमिरेले बताए ।
छलफलका क्रममा भाषा र सीप परीक्षणका लागि भइरहेको तयारीका बारेमा कुराकानी भएको उनले बताए । उनले जापानमा एउटै कम्पनीमार्फत ३० हजार कामदार लैजान जापानी टोली इच्छुक देखिएको जानकारी दिए ।
भवन सरसरफाइ तथा व्यवस्थापनको काममा पहिलो पटक जापानले नेपाली कामदार लैजान लागेको हो । परीक्षाको सम्पूर्ण काम काठमाडौँस्थित पिएनटी ट्रेनिङले व्यवस्थापन गर्ने जापानी टोलीले जनाएको छ ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

असोजमा ५३ हजार बढी नेपाली विदेशिए

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुने

प्रतिक्रिया