आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न अमेरिकाको चेतावनी

काठमाडौँ - मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ।
यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए । तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ ।
हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको हो ।
आइतबार राति, हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको थियो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई तटस्थ गरेको देख्न सकिन्छ । कसैको मृत्युको बारेमा जानकारी भने खुलेको छैन ।
जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन् ।
यसैबीच रुसले पनि आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न चेतावनी दिएको छ ।

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना

३० हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता

इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुंगा दुर्घटना, २० जनाको मृत्यु

प्रतिक्रिया